उपनिर्वाचनदेखि नै विदेशका नेपालीलाई मतदानको व्यवस्था गर्न रास्वपाको माग
२०८२ श्रावण १७ शनिवार
- निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको हो ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।
निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको हो ।
छलफलमा पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले आउँदो कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशबाट मतदान गर्ने प्रक्रिया पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरे ।
उनले भने- 'निर्वाचन हुन अझै तीन महिना बाँकी रहेको र यो अवधि एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदान गर्ने व्यवस्थाको टेक्निकल र लिगल सिस्टम स्क्र्याचबाटै बनाएर परीक्षण गर्ने पर्याप्त समय हो। नोट चल्ने तर भोट नचल्ने अवस्था अन्त्य गर्न आयोग साँच्चै नै गम्भीर हो भने यो उपनिर्वाचनबाटै आयोगले त्यस दिशामा आफूले गरेको काम देखाओस्। होइन, तीन महिनाको अवधिमा एउटा निर्वाचन क्षेत्रमा पनि विदेशबाट मतदान गराउने व्यवस्था गर्न आयोगले सक्दैन भने आयोगले स्पष्ट भनोस् हामी ८४ त के ८९ सालको निर्वाचनमा पनि विदेशबाट मतदानको व्यवस्था गर्दैनौँ वा गर्न सक्दैनौँ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।